नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल चयन भएकी छिन् । संसदीय दलको बैठकले प्रमुख सचेतकमा सिग्देललाई चयन गरेको हो । बैठकले दलको सचेतकमा बसुन्धरा हुमागाईलाई चयन गरेको छ । बागमती प्रदेशमा गठबन्धन सरकार गठनका लागि कांग्रेस र माओवादीसंग समन्वयका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिइएको छ । गठन हुने सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि बसुन्धरा हुमागाई, माधवप्रसाद पौडेल, मिना ज्ञवाली र बसन्तप्रसाद मानन्धरलाई जिम्मेवारी दिएको छ ।