नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । असोज ५ गतेका लागि बैठक बोलाईएको छ । नयाँ पार्टी गठन भएपछि बस्न लागिएको केन्द्रीय कमिटि बैठकले देशभरको सांगठनिक अवस्था र आगामी दिनका रणनीतिबारे छलफल गर्नेछ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी र जनवर्गीय संगठन लगायतका विषयमा बैठकमा छलफल हुने जनाईएको छ । एकिकृत समाजवादीले भदौ ९ गते नयाँ दलको मान्यता पाएको थियो ।