मकवानपुरको बागमती गाउँपालिकामा आज विहान मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेको समयमा बागमती–८ साततले राजबास पुलमा मोटरसाइकलले ठक्कर दिदा बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमारका ५० वर्षिय दिल बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फापरबारीबाट हेटौंडा तर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री स्याङतानलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । मोटरसाइकल चालक फरार रहेपनि मोटरसाइकल भने नियन्त्रणमा रहेको प्रहरीले बताए ।