Comments Add Comment

ट्रक र मोटरसाइकल ठोक्किँदा मकवानपुरगढीका अनिश खड्काको मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिका १ सानुटारमा ट्रक र मोटरसाइकल एक आपसमा ठाकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मकवानपुरगढीका अनिश खड्काको मृत्यु भएको हो । शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ८१२९ को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ कालिखोला बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव राप्ती खोलामा पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २ जनाको घाईते भएको छ । मृतक खड्काको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर