यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पत्रकार महासंघलाई हेटौंडा उपमहानगरको १० लाख सहयोग


हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि शुक्रबार १० लाख रुपैयाँ सहयोग गरेको छ।

Advertisement
नगरप्रमुख हरिबहादुर महतले महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। प्रमुख महतले उपमहानगरपालिकाले पहिले पनि पत्रकारहरुलाई सहगोग गर्दै आइरहेको र आगामी दिनमा पनि पत्रकार अक्षयकोषमा थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष हुमागाईंले प्राप्त भएको रकम अक्षय कोषको रुपमा स्थापना गरेर ब्याज आम्दानीबाट ज्येष्ठ पत्रकारलाई मासिक पेन्सन वितरण गरिने बताएका छन्। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमको कार्यविधि तयार पारिरहेको र आगामी साधारणसभाबाट कार्यविधि पारित गरिने अध्यक्ष हुमागाईंले जानकारी दिए।