Coronavirus COVID-19

दिव्यताराद्धारा सुपथ सहकारी उपभोक्ता पसल सञ्चालन

[Ads]

Advertisement

हेटौँडा –  हेटौँडा–२ पल्पसा रोडमा मुख्य कार्यालय रहेको दिव्यातारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ।

विशेषगरी महिलाहरुले उत्पादन गरेको सामानको बजारीकरणका उदेश्यका साथ सञ्चानमा ल्याइएको सहकारी उपभोक्ता पसलको बुधबार उदघाटन गरिएको छ । पसलको बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख सचेतक राधा घलेले उद्घाटन गरेकी हुन्, ।

सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बागमती प्रदेश प्रमुख सचेतक घले सहित,बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, राप्ती वन कार्यालयका प्रमुख दीर्घनाथ कोइराला, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायण देवकोटा, नेपाली कांग्रेस मकवानपुरका उप–सभापति बिष्णु लामिछाने, राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडाका प्रमुख रामेश्वर अर्याल, बागमती प्रदेशका सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष श्याम ढकाल, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतको आतिथ्यता थियो ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...