हेटौंडामा रहेको न्यु मिडिया एकेडेमी प्रालिले तेस्रो तथा चौथो “हेटौंडा जर्नालिजम अवार्ड” गर्ने भएको छ । यही बैशाख १० गते शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रिगल हेटौंडा सिसोर्टमा उक्त अवार्ड कार्यक्रमको आयोजना गर्न लागिएको आज मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । पत्रकार सम्मेलन गर्दै एकेडेमीका निर्देशक मणिराज गौतमले पछिल्लो दुई वर्ष कोरोना भाईरसका कारण अवार्ड गर्न नसकिएको बताए ।

यस वर्ष मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड दिने भएको छ । उत्कृष्ट पत्रकार बर्ष अवार्ड(पुरुष तथा महिला) खोज पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम रेडियो पत्रकारीता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, खेलकुद पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड,आर्थिक पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट नवप्रवेसी पत्रकारिता बर्ष अवार्ड(महिला तथा पुरुष),उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड प्रदान गरिने कार्यक्रमका संयोजक श्रीराम अर्जुनले जानकारी दिए ।

अवार्ड विगत दुई वर्ष २०७७ र ०७८ सालभित्रको कामको आधारमा मूल्यांकन गरी दिने र मुल्यांकन गर्न ३ सदस्य निर्णायक मण्डल रहने जनाईएको छ । अवार्डमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षलाई सम्मान गर्ने समेत जनाइएको छ। पत्रकार सम्सम्मेलन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का,नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,सदस्य सुदिप शिवाकोटी,पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरला अधिकारी, ध्रुव अधिकारी,निवर्तमान उपाध्यक्ष कुमार अधिकारीको उपस्थिती रहेको थियो।