
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेका ४० वटा विद्यालयका विद्यार्थीलाई दिवा खाजा व्यवस्था गरिएको छ । शिशु देखि ५ कक्षासम्मका विद्यार्थीलाई गाउँपालिकाले दिवा खाजा व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिएका छन् ।
दिवा खाजा व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थी नियमित आउन थालेका छन् भने विद्यालय छाड्ने क्रम रोकिएको छ । गाउँपालिकाले सुभारम्भ गरेको दिवाखाजा कार्यक्रम प्रभावकारी बनेको अध्यक्ष हुमागाईंको भनाई रहेको छ । गाउँपालिकाले खाजा व्यवस्था गरिदिएपछि विद्यालय छाडेका विद्यार्थी समेत विद्यालय फर्कन थालेका छन् । प्रति विद्यार्थी दैनिक पन्ध्र रुपियाका दरले ४० प्राविका ३ हजार ५ सय ५० जना विद्यार्थीलाई व्यवस्था गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दा आफूलाई खुशी लागेको गाउँपालिकाका अध्यक्ष हुमागाईले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




