Breaking
4 Dec 2024, Wed

जबरजस्ती करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार

सुर्खेतस्थित साल्ट टेड्रिङ कर्पोरेशन कार्यालयका प्रमुखमाथि जबरजस्ती करणीको आरोप लागेसँगै उनी फरार भएका छन् । स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार रहेका छन् । गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

Ad
Ad