Comments Add Comment

सुनको भाउ प्रतितोला १२ सय बढ्यो

काठमाडौं – सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात १२ सय १० रुपैयाँ पुगेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर