एजेन्सी – फेसबुकले म्यासेञ्जरमा अब प्रयोगकर्ताले आफ्नो फेसआईडीमार्फत म्यासेञ्जरलाई लक गर्न सक्ने प्रणालीको विकास गरेको छ। यो फेसबुकको म्यासेञ्जरमा नयाँ सुरक्षा प्रणालीको विकास हो ।

म्यासेञ्जर एप बन्द भएको निश्चित समय पश्चात एपमा लक लाग्नेछ । उक्त लक खोल्नका लागि आफ्नो फेस आईडी आवश्यक पर्ने उल्लेख गरिएको छ ।

यसअघि म्यासेञ्जरमा फिङ्गरप्रिन्ट र प्याटर्न लकको सुविधा उपलब्ध रहेको थियो । अब भने फेसबुकले त्यसैमा फेस अनलकको सुविधा पनि थप गरेको हो । यो सुविधा हाललाई आईफोन र आईप्याडमा मात्रै उपलब्ध रहेको बताइएको छ ।