चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । उनले शुक्रबार साँझ दुई घण्टा शितल निवासमा राष्ट्रपतिसँग छलफल गरेकी हुन्। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई समूहले आ(आफ्ना गतिविधलाई तीव्रता दिइरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा यान्छीले नेकपा विभाजन पछि उत्पन्न परिस्थितिबारे कुराकानी गरेको बुझिएको छ । नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी उनले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको स्रोतले जनाएको हो ।