Comments Add Comment

आस्था राउत प्रहरी नियन्त्रणमा

प्रहरीले गायिका आस्था राउतलाई नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।


आफूलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठल दिएको उजुरीको आधारमा उनलाई आज नियन्त्रणमा लिएको हो।

राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको हो। माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो। भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्। भिडियोमा राउतले आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन्।

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो। आस्थाको व्यहारको आलोचना गरिए पनि प्रहरीको उक्त कदमको पनि चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर