Menu

आज २०७६ माघ १३ गते सोमबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ माघ १३। सोमबार। इ.स. २०२० जनवरी २७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। तृतीया, ३०:३८ उप्रान्त चतुर्थी। नक्षत्र– शतभिषा, ३२:१० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– वरियान्, २६:१० बजेउप्रान्त परिघ। करण– तैतिल, १७:४१ बजेदेखि गर, ३०:३८ बजेउप्रान्त वणिज। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी ८ पला। पञ्चक।  
आजको रासीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
सामान हराउने वा चोरी हुने भयछ । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
 आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
 कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad