आजको पञ्चाङ्ग

बि.सं. २०७७ साउन  १९ गते सोमवार । इ.सं. 03 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० गुँलाथ्व । प्रमादी । दक्षिणायन । वर्षा ऋृतु । श्रावण शुक्लपक्ष। तिथि पूर्णिमा , २०:३६ बजे उप्रान्त प्रतिपदा। नक्षत्र उत्तराषाढा , ०७:३९ बजे उप्रान्त श्रवण। योग प्रीति , ०७:५५ बजे उप्रान्त आयुष्मान् । करण भद्रा ०८:४० बजेदेखि वव , २०:३६ बजे उप्रान्त तैतिल। चन्द्रराशि मकर । आनन्दादी योग काण। दिनमान ३३ घडी २२ पला । सूर्योदय ०५:२९ बजे । सूर्यास्त बेलुका १८:५० बजे ।

पूर्णिमा व्रत। जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन। पशुपतिनाथ, कुम्भेश्वर, गोसाइँकुण्ड, दुधकुण्ड, धनुषसागर, त्रिवेणी आदि तीर्थहरूमा धार्मिक मेला। डडेलधुरामा भागेश्वर जाँत। मुक्तिनाथ यार्तोङ। मानस व्रत समाप्ति। संस्कृत दिवस। हयग्रीवोत्पत्ति। सर्वार्थसिद्धि योग ८:४० बजेदेखि। श्रीप्राणनाथ–छत्रशाल मिलाप। व्याजाँनके, गुँपुन्ही।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक / सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसंग भेटघाट हुनेछ । साँझमा आधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योगपनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल