हेटौडा – नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पना तथा जिल्ला समिति मकवानपुरको संयोजनमा ननिदाएका शिक्षकहरु विषयक साप्ताहिक शैक्षिक कार्यक्रमको पाँचौ श्रृंखला शुक्रबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सगठन राष्ट्रिय समितिका कोषाध्यक्ष बिष्णु भण्डारीको प्रमूख आतिथ्यतामा पाँचौ श्रृंखला सम्पन्न भएको हो । समिक्षकको भूमिकामा शिक्षाविद् प्रा.डा.वासुदेव काफ्ले र बरिष्ठ कलाकार एवम् निर्देशक लय सङ्ग्रौलाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका परिकल्पनाकार नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रममा संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लकडाउनसंगै देशको शिक्षा क्षेत्र अन्यौलग्रस्त हुनपुगेको र बिभिन्न टिक्का टिप्पणी हुन थालेपछि शिक्षाका क्षेत्रमा बिभिन्न नवप्रवर्तनीय प्रयासहरु हुन थालेका छन् । यसै सन्दर्भलाइ लिएर नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिले ननिदाएका शिक्षकहरु विषयमा आफ्नो क्षेत्रमा देशभर शिक्षकले गरेका सकरात्मक शैक्षिक अभ्यासलाइ उजागर गर्न यस्तो कार्क्रमको आयोजना गरेको बताएको छ । कार्यक्रमको पाँचौ श्रृंखलामा मकवानपुर जिल्लाको सिद्धार्थ माविले लकडाउनको समयमा पनि शिक्षकहरुलाई परिचालन गरी विद्यार्थीको सिकाइलाइ बिभिन्न १० वटा सिकाई केन्द्र मार्फत निरन्तरता दिइएको विषयवस्तु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको प्रस्तुती पछि समीक्षा गर्दै समिक्षक प्रा.डा.काफ्लेले संगठनको यस्तो प्रयास बिल्कुलै नौलो र प्रशंसनीय रहेको भन्दै खुलेर तारिफ गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने वास्तवमा शिक्षकहरुबाट हामीले पनि धेरै कुरा सिक्नुपर्ने हुँदोरहेछ, प्रस्तुती हेरेपछि महशुस भयो – उनले बताए । देशभरी छरिएर रहेका शिक्षकका नवप्रवर्तनीय कार्य प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको भन्दै परिकल्पनाकार नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले मकवानपुर जिल्ला समिति कार्यक्रमका लागि बधाइको पात्र बनेको बताएका हुन् । उनले थपे- देशभर अन्य जिल्लामा पनि शिक्षक र पत्रकार दुबै पृष्ठभूमी भएका केही ब्यक्ति भएपनि मकवानपुर यसका लागि उपयुक्त जिल्ला भएकोले यही जिल्लाबाट यो कार्यक्रम थालनी गरिएको हो ।
यता प्रमूख अतिथि नेपाल राष्ट्रिय शिक्षक सगठन राष्ट्रिय समितिका कोषाध्यक्ष बिष्णु भण्डारीले भने मकवानपुर जिल्ला संगठनको मातृजिल्ला भएकोले पनि यसले आफ्नो विरासतलाइ कायम गरेको मात्र नभइ देशकै गौरव बढाएको बताएका छन् । कार्यक्रम ननिदाएका शिक्षकहरुले शिक्षकहरु उर्जाशील छन् भन्ने प्रमाणित गरेर देखाएको समेत बताएका हुन् ।
कार्यक्रमका विशेष अतिथी बरिष्ठ कलाकार एवम् निर्देशक लय सङ्ग्रौलाले पनि शिक्षक संगठनको कार्यक्रम ननिदाएका शिक्षकको उच्च प्रशंसा गरेका छन् । सङ्ग्रौलाले आफ्नो अनुभवमा राम्रा शिक्षकसंगको अनुभूती साटासाट गर्दै शिक्षक भनेको गुरुहरुको पनि गुरु रहेको बताएक हुन् । आफ्नो जीवनकालमा आफू पनि शिक्षक रहेको स्मरण गर्दै सङ्ग्रौलाले शिक्षक भन्दा अर्को कुनैपनि सम्मानित पेशा नरहेको जिकिर गरे ।
कार्यक्रममा सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मधु क्षेत्री बजगाई, शिक्षक पिताम्वर वास्तोला, शारदा ढकाल, विद्यार्थी प्रकृती अर्याल, सर्वज्ञरत्न खतिवडा तथा अभिभावक माधव नेपाल लगायतकाले संक्षिप्त कुराकानीमा भाग लिएका थिए ।
साप्ताहिक रुपमा प्रत्येक शुक्रबार साँझ ८ बजेदेखि सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण हुने कार्यक्रम ननिदाएका शिक्षकहरु संगठन जिल्ला प्रचार विभाग मकवानपुर प्रमुख सुनिल गौतमले सञ्चालन गरेका हुन् भने कार्यक्रमको बारेमा प्राप्त प्रतिक्रियालाई जिल्ला सचिव एवम् प्राविधिक समिति सदस्य पुरुषोत्तम आचार्यले प्रस्तुत गरेका थिए । देश विदेसमा समेत हेर्न सकिनेगरी तयार पारिएको कार्यक्रमलाइ मिडिया पार्टनरका रुपमा भने अनलानपत्र डट कमका पत्रकार जीवन आचार्य, द क्लिकर्स स्टुडियो हेटौंडा, पत्रकार ओम फूयाँल तथा टिम टिभि हेटौंडा रहेको संगठन अध्यक्ष श्रीराम दाहालले जानकारी दिएका हुन् । कार्यक्रमलाइ अनलाइनपत्र यूट्यूव च्यानलबाट पनि हेर्न सकिने छ ।
भिडियो हेर्नुहोस्