मकवानपुरको विभिन्न क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार नेपालको बारा तथा सर्लाहीमा देखिएको सलह किरा साँझपख मकवानपुरमा समेत देखिएको हो । मकवानपुरको मकवानपुर गढीगाउपालिकाको विभिन्न क्षेत्रमा समेत शनिबार साँझ प्रवेश गरेको छ ।

मकवानपुरगढीको सबै वडामा सलह किरा देखिएको स्थानियले जानकारी दिएका छन् । सलह किरा देखा परेपश्चात स्थानिय चिन्तित भएका छन् । कोरोनाको महामारी भईरहेको बेला सलह किराले बालीमा क्षती पु¥याउने डरले नागगरिक चिन्तित भएको एक स्थानियले बताएका छन् । शनिबार बिहान मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका तथा हेटौँडाको १८ नंबर वडामा देखिएको थियो ।