धमिलो कालापानी

येउटै प्रस्न .यो लालपुर्जाले मेरो बारिको कान्लो बोक्न सक्दैन भने के काम ?
नागरिकताले मेरो देश खुलाउन सक्दैन भने के काम ?
येसरी म आफ्नै बाउले छोडेर गयको कान्लोमा शरणार्थि कस्तो बिडम्बना
अब कुन देशले बनाउछ मेरो १६ टेकेको छोरोको नागरिकता ?
र छोरोले छाती फुलायर वा अमिलो गरेर गाउछ कुन देशको रास्टृय गान ?
मेरा बाउले गोरु जोतेको
त्यो बारिको कान्लोलाइ मुइ खान नपायकोनी जुग भयछ
धेरै भयो सन्नुसको लालपुर्जा उदुस उपिया र धमिराले कोपरेको
धेरै भयो सरकारी अड्डाले यो पैतलोको आगमनको तिरो नलियको
धेरै भयो मेरो नम्बरी बारिमा अर्कै बिदेशिले बुट बजारेको
र मलाइ बन्देज गरेको मेरै माटोको सुगन्ध सुघ्न
सरकार म तिरो कहा तिरौ ?
मेरा छोरा छोरिलाइ नक्सामा हाम्रो गाउ कहा पर्छ भनेर देखाउ ?
नागरिकताको टोपि लगायको फोटेले मात्रै बोक्न सक्दो रहेनछ रास्टृयता
पखाला लागेपछी देशको नक्सालाइ
कहा अडिदो रहेछ र टाकुरामा
बिस्तारै पग्लिदो रहेछ नक्साको फेरो ब्वासोको नङ्राको कापैकाप
मेरो बाउले प्राण त्याग्ने बेलामा अमिलो मन गरेर बारी बाझै नराख्नु बालबच्चा भोकै हुन्छन
आलु लगाउनु भनेर छोडेर गयको कान्लो
आलु जस्ताहरुको निर्णयले आलु लगाउन त के टेक्न पाइयको छैन
बरु बेला बेलामा टाउकोमा लाठी बुट आलुनै फल्ने गरि खाइयको छ
र रितुनै पिछे सरियको छ बसाइ
बिरालोको चालामा बलिन्द्र गुडै बोकेर
येसरी महिनै पिच्छे ओसारी रहनु पर्ने हो भने गुड
प्रमाण नपुग्ने हो भने रास्टृयताको
किन चाहियो रास्टृयता
शरणार्थिको प्रमाणपत्र बोकायर मेरै कान्लामा पुर्याइदेउ
एक पटक मुइ खानुछ मेरो बाउको निशानिको
र फेरि खोस्रनु छ त्यही कान्लो माली गाइको गोबरमा लटपटायर
र बुझाइ दिनुछ धमिरा लागेको लालपुर्जा देश किन्ने हरुलाइ
र कान्लोमा बसेर मालिगाइको मोइ र ठेटना मकै सङै
सुन्नुछ
माछि मार्न जाउन दाजै कालापानीमा
माछी मार्न जाउन दाजै कालापानीमा