अनमोलमणि पत्रकारिता तथा साहित्यमा सुपरिचित नाम हो । उनी हाल क्यानडा बसोबास गर्छन् । गजल, कविता तथा कथाको क्षेत्रमा उनले उल्लेख्य सिर्जना गरेका छन् । उनको ‘नदी किनारमा उभिएर’ गजल सङ्ग्रह , ‘सबुत’ कविता सङ्ग्रह, ‘निलिमा र गाढा अँध्यारो’ र ‘१९ नम्बर’ गरी दुई कथा सङ्ग्रह प्रकाशित छ । नेपालका मुल धारका मिडियामा लामो समय क्रियाशील अनमोलमणिसँग भएको साहित्यिक संवार्ता । (सुवास खनाल)