कीन जान्छौ पर्देशमा पैशा कमाउन
जब व्यावहारले दुखी बनाएपछि ।।
रुवाउँदै जान्छौ बाबा आमालाई
अनी फर्कीन्छु भन्दै पैशा कमाएपछि ।।

फेरी कीन बीर्सीन्छौ आफ्नु जन्म भुमीलाई
पर्देशकै नुन् खाएपछी ।।
एकदिन भुल्छौ बाबा आमालाई पनि
आफ्नु सुन्दर संसार सजाएपछि ।।

कती खूशी हुन्छन् होला ती बुढा बाबा आमा
कती माया अनी शुख देला भन्दै छोरा आएपछि ।।
आखिर केनै गर्छौ र छोरा भएर
बृद्ध आश्रममा त राख्छौनी पैशा कमाएपछि ।।

आखिर के पाउँछौ र पैशा कमाएर
बाबा आमाको माया गुमाएपछि ।।
बीर्सीन्छौ कीन आमाको दशधारा
दुधको भरा पैशै पैशामा रमाएपछी ।।।