मेरो देश नेपाल

मेरो देश नेपाल, रमाइ दिए पुग्छ
शान्तिलाई कायम राख, हिंसा आफै लुक्छ

सहिसँग जीत, जीतले देश खुशी हुन्छ
सबलाई सम्मान गर, नत्र पुर्खाका आत्मा रुन्छ

इमान्दारी देखाऊ यहाँ, वैमानी त आफै सुक्छ
पाइला पछि सारे, वीरताको शिरै झुक्छ

औला कोहिले उठाएमा, नेपाली मन दुख्छ
सबै नेपाली जनता मिले, देश आफै बन्छ

मेरो देश नेपाल, रमाइ दिए पुग्छ
शान्तिलाई कायम राख, हिंसा आफै लुक्छ

आशिष घिमिरे