Comments Add Comment

हेटौंडा महोत्सवमा आज कर्मा ब्याण्डको प्रस्तुती

हेटौंडामा जारी महोत्सवमा आज कर्मा व्याण्डले आफ्नो प्रस्तुती दिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज शुक्रबार कर्मा व्याण्डको सांगीतिक प्रस्तुती दिने आयोजकले जनाएको छ ।

युवापुस्तामा चर्चित रहेको व्याण्डले आज महोत्सवमा सांगीतिक प्रस्तुती दिनेछन् । कर्मा व्याण्डको तिम्रो मौनतामा, को हौ तिमी, मलाई माफ गरिदेउ, यानी माया, कहाँ होला घर बारा, हुक्का मेरो लगायत बोलको गीत चर्चामा छ । कर्मा ब्याण्डसँगै आज गायक मानसराज र ऋतु कंडेलको प्रस्तुती पनि रहने आयोजकले जानकारी दिए ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै