मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुमार सिं घिसिङ विजयी भएका छन् । गएराती सम्पन्न मत गणना अनुसार घिसिङले ४४८ मत ल्याई पुन दोस्रो पटक विजयी भएका हुन् । उनको प्रत्यासी नेकपा एमालेका विनोद पुडासैनीले ३५० र माओवादीका गञ्जराज लुङ्वाले २४४ मत ल्याएको थियो । घिसिङ प्यानलसहित बिजयी भएका छन् । मकवानपुरगढी वडा नंम्बर ८ मा कुल १०८१ मत खसेको थियोे । वडा नंम्बर ८ को अन्तिम मत परिणाम अनुसार पालिकाकोे अध्यक्षमा गठबन्धनले ६२० र एमालेका उम्मेदवारले ३७४ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ५८४ र एमालेका उम्मेदवारले ३६८ मत प्राप्त गरेका छन् ।
त्यसै गरी मकवानपुरगढी गाउँपालिका वडा नंम्बर १ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेसका आईत सिं लो विजयी भएको हो । लो को प्यानल सहित विजयी भएको हो । लो ले ७९३ मत ल्याई दोस्रो पटक वडाध्यक्षमा विजयी भएको हो । उनको प्रत्यासी एमालेका उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले १६५ मत प्राप्त गरेका थिए । वडा नंम्बर १ को अन्तिम मत गणना आउँदा पालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले ८१२ र एमालेका उम्मेदवारले ४०६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ६३४ मत र एमालेका उम्मेदवारले ४२५ मत प्राप्त गरेका छन् ।