हेटौंडा उपमहानगरपालिकाको ५२६७ मत गणना गर्दा गठबन्धनकी मिना लामा अगाडी बढेकी छन् । लामाले १५८९ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेलले १५५० मत प्राप्त गरेका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी राप्रपाका दिपक सिंहले १४१४ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका राजेश बानियाँले २२६३ मत र एमालेका सुमित्रा काफ्लेले १८९१ र राप्रपाका इन्दिराले ३९० मत प्राप्त गरेकी छन् ।