मकवानपुरको पूर्वी बागमती गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका वडाध्यक्ष सहित प्यानलै विजयी भएको छ । आइतबार बिहान सम्पन्न मत गणना अनुसार वडा नंम्बर १ को वडाध्यक्षमा यहुन्ना राई विजयी भएका छन् । उने ७३६ मत प्राप्त गरेको थियो भने उनका प्रतिस्पर्धी कांग्रेसका काजीमान भोलनलाई १०९ मतान्तरले पराजित गरेका हुन् । भोलनले ६२७ र एमालेका यज्ञलाल श्रेष्ठले २९५ मत प्राप्त गरेका छन् ।

यसैगरी, वडा नम्बर १ को अन्तिम मत गणना सम्पन्न हुँदासम्म गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सर्केश घलानले अग्रता लिएका छन् । उनले ७३५ मत प्राप्त गरे भने एमालेका उम्मेदवार खेम जर्गा मगरले ७०७ मत पाएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनका फणिन्द्र कुमार तिमल्सिनाले १०६७ मत ल्याउँदा एमालेका उम्मेदवार धनमाया स्याङ्तानले ३३० मत प्राप्त गरे ।