मकवानपुरको भीमफेदी गाउँपालिकामा अहिलेसम्मको मत गणना अनुसार गठबन्धनका उम्मेदवार अगाडी रहेको छ । भर्खरैको ताजा मत गणना अनुसार गाउँपालिकाको गठबन्धनका उम्मेदवारले ३१९७ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले २९३१ मत प्राप्त गरेका छन् । त्यसैगरी पालिकाको उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ३१२४ मत र एमालेको उम्मेदवारले २८२५ मत प्राप्त गरेका छन् । मत गणना जारी छन् ।