Comments Add Comment

मकवानपुरगढीमा विदुर हुमागाँई भन्दा दोर्जे लामा ६ सय मतले अगाडी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा दुई वटा वडाको अन्तिम नतिजा आएको छ । वडा नंम्बर १ मा नेपाली कांग्रेसको प्यानलैसहित विजयी भएका छन् भने वडा नंम्बर ८ को पनि अन्तिम नतिजा आएको छ । वडा नंम्बर ८ मा पनि नेपाली कांग्रेसको प्यानल सहित विजयी भएको छ ।

दुई वटा वडाको अन्तिम मतगणना आईसक्दा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारहरु अगाडी रहेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाँई भन्दा डबलले नै अगाडी रहेका छन् । लामाले १४३२ मत प्राप्त गरेका छन् भने हुमागाँईले ७८० मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मान कुमारी पाख्रिनले १२८० मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार सन्तु थिङले ७९३ मत प्राप्त गरेकी छन् । अहिले वडा नंम्बर २ र ७ को मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर