Comments Add Comment

स्थानिय निर्वाचन : एमाले बकैयाले अध्यक्षमा ५ ,उपाध्यक्षमा ६ जनालाई जिल्ला कमिटीमा सिफारिस

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बकैया गाउँपालिकाबाट अध्यक्षमा पाँचजना सिफारिस गरेको छ । शनिबार भएको गाउँ कमिटि बैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई तथा गोपाल दाहाललाई सिफारिस गरेको हो ।

बैठकले उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमि लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ । बैठकले उम्मेद्वार सर्वसम्मत गर्न नसकेपछि अध्यक्षमा पाँच तथा उपाध्यक्षमा ६ जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर