१२ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भारत दार्जीलिङ निवासी वरिष्ठ गायिका दावा ग्याल्मोलाई प्रदान गरीएको छ । शनिबार हेटौंडा ५ मा रहेका हेटौंडा रिगल रिसोर्टमा भएको कार्यक्रमका बिच ग्याम्मोलाई पुरस्कार प्रदान गरेको हो । हेटौँडाका सङ्गीतप्रेमी,समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएको उक्त पुरस्कार संगीत साधक भीम विरागको ८६ औं जन्मजयन्तीको अवसरमा गायिका ग्याल्मोलाई बरिष्ठ गीतकार विश्व बल्लभले एक लाख नगद राशी सहित पुरस्कार प्रदान गरेको हो ।

त्यसैगरी भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ बाट पोखराका हर्मोनी पोखरालाई प्रदान गरिएको छ । २० हजार राशी सहित महिलाहरुको सक्रियतामा सञ्चालित हर्मोनी पोखरालाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली सुगम संगीत तथा महिला गायनको संरक्षण, सम्बद्र्धन र प्रशिक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हर्मोनी पोखरा एसियाकै पहिलो महिलाहरुद्धारा सञ्चालित संगीत संस्थाको रुपमा रहेको छ । कार्यक्रम भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यको सभाध्यक्षता तथा बरिष्ठ गीतकार विश्व बल्लभको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा कला सहित्य र संगीत क्षेत्रका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।