मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा हर्दि युवा समाज राप्ति र दुधौली स्पोर्टस क्लब सिन्धुली विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा हर्दि युवा समाज राप्तिले विरगन्ज युनाइटेड लाई २–० गोल अन्तरले पराजित गरेको हो । हर्दि युवा समाजका लागी निरज चौधरीले ५ औं मिनेटमा र सुरेश कुमालले १३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हर्दि युवा समाजका सुरेश कुमाल भएका छन । त्यस्तै शनिबार भएको दोस्रो खेलमा विरगन्ज युथ एकेडेमी र दुधौली स्पोर्टस क्लब बिचको खेल १–१ को बराबरीमा पुगेपछि खेल टाई ब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा दुधौली बिजयी भएको छ ।

No description available.

त्यसैगरी आज आईतबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । आज पहिलो खेल एफसी रियाले, काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब हुनेछ भने दोस्रो खेल सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लब बिच हुनेछ । प्रतियोगितामा मकवानपुरका २ सहित देशभरका विभिन्न १० वटा टिमले सहभागीता रहेको छ ।