पोखराकी एलिना गुरुङ पहिलो नेपाल स्टार बनेकी छन् । ‘नेपाल स्टार’ सिङगिङ रियालिटी शो को शनिबार साँझ भएको फाइनलमा एलिना विजयी भएकी हुन् । गुरुङले विजयी भएसँगै ३५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त थिए । वाइ वाइ मुख्य प्रायोजक रहेको नेपाल स्टार करिब एक वर्षअघि शुरु भएको थियो । कोरोना महामारीका कारण बीचमा रोकिएको शोको एक वर्षपछि विजेता घोषणा गरिएको हो ।