2025-12-10 2:14 am

‘शत्रु गते’ युट्युबमा रिलिज (भिडियो)

२०१८ को सफल चलचित्र ‘शत्रु गते’ युट्युबमा रिलिज भएको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । उत्कृष्ट चलचित्रको अवार्ड समेत हात पारेको यस चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । साथमा दर्शक तथा समीक्षकको प्रशंसा समेत पाएको थियो । हलमा सय दिन मनाएको यस चलचित्रको प्रतीक्षा दर्शकले निकै गर्दै आइरहेका थिए । लामो समयको प्रतीक्षा पछि दर्शकको कौतूहल मेट्दै चलचित्रलाई इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

चलचित्र ओएसआर डिजिटलको आधिकारिक च्यानलबाट रिलिज गरिएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीको संयुक्त निर्माण रहेको चलचित्रमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सहित दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad