मकवानपुरका गायक धिरेन लामाको ‘तिमिसंग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विहिबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोलाई जिग्मे मिडिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक लामाको आफ्नै शब्द , संगित र स्वर रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा आएका कलाकार पुष्प खड्का र स्मारिका ढकालको अभिनय रहेका छन् । म्यूजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । झण्डै एक दशकदेखि गीत संगितको क्षेत्रमा सक्रिय रहेका लामाले यसअघि पनि दर्जनौँ गीतहरुमा स्वर भरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू