काठमाडौँ – कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।

पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण देखिएको उनी संक्रमित भएयता स्वास्थ्यबारे निगरानी गर्दै आएका जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले जानकारी दिए।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि घरमा नै आइसोलेशनमा बसिरहेका उनलाई अवस्था जटिल बनेपछि बुधबारबाट अस्पताल भर्ना गरिएको थियो ।