नेपाल राष्ट्रिय शिक्षक संगठन कैलास गाउँपालिकाको दोस्रो परिषद् तयारी बैठकपछि सामुहीक तस्वीर खिचाउँदै । तस्वीर : सुनिल गौतम

नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाश गाउँपालिकालको दोस्रो गाउँपरिषद् तयारी बैठक आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न परिषद् कैलाश अध्यक्ष रत्न बहादुर स्याङ्तानको सभाध्क्षतामा कालिका माविमा सम्पन्न भएको हो ।

दोस्रो परिषद् तयारीको अवशर पारी शिक्षक सघंबाट १८ जना शिक्षक नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन् । आफ्नो पेशागत हक हीतका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन आफू अनुकुल हुने ठहर भएपछि शिक्षक संगठनमा प्रवेश गरेको वहाहरुको भनाई रहेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कैलास गाउँपालिकाले शिक्षकका हक हीतका सम्वन्धमा बिभिन्न प्रयासहरु गरेको दावी गरेको छ । जसमा पालिकाभर कार्यरत ecd शिक्षकको तलब भत्ता गाउपालिका बाट बृध्दि गराउन सफल भएको, बिद्यालय कर्मचारि को सुबिधामा पारीश्रमिक थप गराएको, २०० जना संगठनमा आवद्ध शिक्षकको २०७६ को संगठन सदस्यता नबिकरण गरिएको, बन्दाबन्दिको समयमा सिकाई सहजिकरणमा प्रयास गरेको एवम् शिक्षकको सरूवा सहमति प्रदान गर्न प्रयास गरेको लगायतका कामहरु गरेको जीकीर गरेको हो ।

कार्यक्रममा जिल्लामा भएको कामहरुको बारेमा जानकारी गराउनुका साथै विषम परिस्थितीमा पनि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले गरेका राष्ट्रिय महत्वको कार्यक्रम ननिदाएका शिक्षकको बिषयमा पनि चर्चा भएको जिल्ला प्रचार बिभाग प्रमूख सुनिल गौतमले जानकारी दिनुभयो । कार्यक्रममा पालिका अध्यक्ष रत्न बहादुर स्याङ्तानले पालिकामा भएका कार्यहरुको बारेमा रिपोर्टिङ् गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथी जिल्ला अध्यक्ष श्रीराम दहालले देश राजनैतिक संक्रमणमा रहेपनि नेपाल राष्ट्रिय शिक्षक संगठन त्यसबाट अलग रहेको र कुनै द्विविधा नमानी शिक्षक संगठनमा लाग्न सदस्यहरुलाई आग्रह समेत गर्नुभयो । पेशागत हक हीतका सवालमा नेपाल राष्ट्रिय शिक्षक संगठन नै शिक्षकहरुको एकमात्र अग्रणी संस्था भएकोले कुनै शंका नगर्न पनि दाहालले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेस प्रतिनिधी दीपक गुरुङ्ग, कैलास गाउँपालिका ईन्चार्ज सन्तोष लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द प्रसाद न्यौपाने, कालिका माविका प्रअ रामप्रसाद कालाखेति, पूर्व जिल्ला सदस्य हरेन्द्र पटेल, स्रोतशिक्षक रामकुमार बर्तौला, संगठन कैलास गायउँपालिका सचिव शैलेन्द्र पटेल, शिक्षक महासंघ कैलास उपाध्यक्ष सुनिता रुम्वा लगायतकाको आतिथ्या रहेको थियो । कार्यक्रमलाई सुनिता रुम्वाले स्वागत गर्नुभएको हो ।