मकवानपुरमा विहिबार बिहान थप १२ जनामा कोरोना भाईरस पुष्टि भएको छ । हेटौँडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा मंसिर १० गते गरिएको ३७ जनाको स्बाव परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । संक्रमित हुनेहरु मध्य ५ महिला र ७ पुरुष रहेका छन् । संक्रमित हुनेहरु हेटौंडा र मनहरी गाउँपालिका र बाराका रहेको चौलागाईले बताउनु भयो ।

20201126_061352-1606350741.jpg