आजको पञ्चाङ्ग

बि.सं. २०७७ मंसिर ११। बिहिवार। इ.सं. 26 November 2020 । शक संवत १९४२ । नेपाल संवत ११४१ कछलाथ्व । प्रमादीदक्षिणायनहेमन्त ऋृतुकार्तिक शुक्लपक्षतिथि एद्वादशी , ३२:२२ बजे उप्रान्त त्रयोदशी योग सिद्धि , १०:११ बजे उप्रान्त व्यतीपात करण वव १९:१९ बजेदेखि वालव , ४५:२७ बजे उप्रान्त तैतिल चन्द्रराशि मीन । आनन्दादी योग मित्र । दिनमान २६:२० पला । सूर्योदय ०६:३५ बजे । सूर्यास्त बेलुका १७:०७

तुलसी विवाह, भीष्मपञ्चक आरम्भ, चाँगुनारायण अखण्डदीप दर्शन, हरिबोधनी एकादशी व्रत

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ । प्रणयसम्बन्ध र रतिराग बढ्ने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लाभ, हानी, सुख, दुख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामलेपनि गति लिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म,कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सवारी साधन प्राप्तिको योगपनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधूरा कामलेपनि गति लिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।