हेटौंडा । मकवानपुरका महिला तथा बालबालिकाका बिरुद्ध साइवर अपराधबारे जनचेतनामुलक कार्यक्रम आज हेटौंडामा भएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय साइवर व्युरो काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजानमा साइवर अपराधका सम्वन्धमा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
हेटौंडाका बिभीन्न बिद्यालयका बिद्यार्थी, बिभीन्न संघसंस्थाका व्यक्तित्वहरु लगायतको सहभागितामा साइवर अपराधका बिषयमा जानकारी गराइएको हो । कार्यक्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय साइवर व्युरो काठमाण्डौंका प्रहरी नायव महानिरीक्षक बिकाश श्रेष्ठले पछील्लो समयमा साइवर अपराध धेरै बढेकाले यसलाई नियन्त्रण गर्न प्रहरी लागिपरेको बताउनुभयो । साईवर अपराध नर्गन सबै बिद्यार्थीहरुलाई उहाँले आग्रह गर्नुभयो । सामाजीक सञ्चाललाई दुरुपयोग भन्दा पनि सदुपयोग गर्न उहाँको आग्रह छ ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय साइवर व्युरो काठमाण्डौंका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द्र अर्यालले अर्काको फेसबुकको पासर्वट थाहा छ भन्दैमा फेसबुक चलाईदिने, म्यासेन्जरमा नराम्रा कुराहरु पठाउने काम नगर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष शालिकराम पुणासैनी, माईति नेपा मकवानपुरका प्रमुख मायाँ लामा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।