पालिका विस्तारित बैठकपछि सामूहिक तस्वीर लिदै । : तस्वीर सुनिल गौतम

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपपुर गढी गाउँ समितिको अधिवेशन फाल्गुणमा हुने भएको छ । जिल्ला समिति अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यता तथा पालिका अध्यक्ष शीवप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा ईन्चार्ज सुनिल गौतमको विशेष आतिथ्यता रहेको थियो ।

विस्तारित बैठकले राष्ट्रिय समितिको सर्कुलर बमोजिम पालिका तहमा समेत परिषद् सम्पन्न गर्ने भएको छ । प्रमूख अतिथी दाहालले बोल्दै जिल्ला तहको सर्कुलर बमोजिम कार्य गर्न सबै विङ्ग्सलाई निर्देशन जारी गर्नुभएको हो ।

पालिका ईन्चार्ज सुनिल गौतमले रिपोर्टिङ् गर्नुभएको कार्यक्रममा जिल्ला समितिका कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवि लामा वल, प्रदेश पार्षद गीता सञ्जेल, महासघं सहसचिव केदार तिमल्सेना, सहकारी अध्यक्ष सिताराम दाहाल, हेटौंडा नगर समिति अध्यक्ष मकुन्द न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो ।

विस्तारित बैठकले माघ अन्तिम सातासम्म सदस्यता अभिलेखीकरण गर्ने तथा फाल्गुण ५,६,र ७ गते सदस्यता नवीकरण तथा अध्यावधिक गर्ने भएको बैठकले निर्णय गरेको छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालले गढी पालिकालाई राष्ट्रिय समिति देखि जिल्ला समिति सम्मको सर्कुलर जारी गर्नुभएको हो ।