हेटौंडामा जारी हेटौंडा गोल्डकपको उपाधी आयोजक विजय युथ क्लबले उचालेको छ । फाइनल खेलमा आयोजक विजय युथ क्लव हेटौंडाले सेन्ट्रल कलेज भरतपुरलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आयोजक बिजय युथका लागि ६० औं मिनेटमा सन्त गुरुङले गोल फर्काएर बराबरी बनाएकोमा रुपेश केसिले ६६ औं मिनेटमा पेनाल्टि मार्फत थप एक गोल गरेपछि आयोजकका लागि २–१ गोलको जित पक्का भएको थियो ।

खेलको म्यान अफ द म्याच बिजय युथकै सन्त गुरुङ भएका छन । आयोजक विजय युथ विजयी भएसँगै नगद ३ लाख र ट्रफी प्राप्त गरेका छन् भने उपविजेता सेन्ट्रल कलेज भरतपुरले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन । प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवर्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृट गोलरक्षक विजय युथका अशोक बराल ,डिफेण्डर बिजय युथकै सुरज बिष्ट, उत्कृष्ट प्रशिक्षक बिजय युथकै सुविन घिमिरे , उत्कृष्ट मिडफिल्डमा बिजय युथकै बिमल राना,उत्कृष्ट खेलाडि बिजय युथका रुपेश केसि भएका छन भने उत्कृष्ट फरवार्डको उपाधी सेन्ट्रल कलेज भरतपुरका जोन क्लोरीले पाएका छन । प्रतियोगिताको समापन एवं पुरस्कार वितरण नेकपा दहाल–नेपाल समुह मकवानपुरका सचिव प्रेम बहादुर पुलामी छिन्तुले गरेका थिए ।