भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ। बिहीबार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका अनिरुध थापाले गोल गरेका थिए ।
खेलको ३६ मिनेटमा नेपालका अन्जन बिष्टले गोल गरी अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा खेलको ६१ मिनेटमा भारतका अनिरुध थापाले गोल गरी टिमलाई बराबरी बनाए । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने छ।