2025-12-11 9:41 pm

इंग्लिस प्रिमियर लिग : आईतबार राती भएको खेलमा एभर्टनको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । आइतबार राति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनमाथि ३–२ गोलको जित निकालेको हो । जितसँगै एभर्टनले तालिकामा ७ अंक बनाएको छ ।

एभर्टनको जितमा रिचार्लसनले २ तथा एलेक्स इओवीले एक गोल गरेका थिए । यस्तै, उल्भरह्याम्पटनका लागि रोमेन सइस र राहुल गिमिनेज रोड्रिगेजले एक एक गोल फर्काएका थिए । पाँचौ मिनेटमा एर्भटनका लागि रिचार्लसनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको ४ मिनेट पछि नै उल्भरह्याम्पटनले बराबरी गोल गरेको थियो ।

तर १२ औं मिनेटमा एर्भटनका लागि एलेक्स इओबीले गोल गर्दै २–१ को अवस्थामा पुर्‍याए । पहिलो हाफमा २–१ को अग्रता बनाएको एर्भटनले ७५ औं मिनेटमा गिमिनेजले गोल गर्दै उल्भरलाई खेलमा फर्काएका थिए । ८० औं मिनेटमा रिचार्लसनले गोल गर्दै एर्भटनलाई जित दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad