नेपाली राष्ट्रिय फुटबल टीमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र ओमानबीच आगामी आइतबार (२६ सेप्टेम्बर) कतार युनिभर्सिटीको मैदानमा खेल हुनेछ। साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। ओमानसँगको खेलपछि नेपाली टोली साफ च्याम्पियनसीपका लागि कतारबाट सोझै माल्दिभ्स जानेछ। आगामी अक्टोबर १ देखि १६ सम्म साफ च्याम्पियनसीप हुँदैछ।