नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार थप सात जिल्लामा वडा अधिवेशन भएको छ । काठमाडौँसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन भएको हो । बाँकी १३ जिल्लामा क्रियाशील सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो लागेको छैन ।

गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा मंगलबार अधिवेशन गर्ने कांग्रेसको योजना रहे पनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ । समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँरनगर अधिवेशन प्रभावित हुने भएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय गरेको छ ।