Comments Add Comment

कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा सुरु

आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाण्डौमा हुने कुस्ती प्रतियोगितामा सहभागीता जनाउन खेलाडि छनौटकालागी बन्द प्रशिक्षण शुरु गरिएको हो । 


नेपाल कुस्ती संघको आयोजनामा हेटौंडा ४ मा रहेको कभर्डहलमा खेलाडिहरुको बन्द प्रशिक्षण सुरु भएको हो ।  पहिलो चरणमा २ महिना हुने प्रशिक्षणको आइतबार नेपाल कुस्ती संघका उपाध्यक्ष एवम्् मुस्लीम आयोगका अध्यक्ष समिम मिया अन्सारीले उद्घाटन गरे ।
प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष अन्सारीले कुस्तीमा अहिले सम्म नेपालले स्वर्ण पदक विहिन रहेको  अवस्थामा आफनै देशमा हुने प्रतियोगिताबाट स्वर्ण सहित  अन्य पदक जित्ने लक्ष्यका साथ प्रशिक्षणमा सहभागिता जनाउँन खेलाडीहरुलाई आग्रह गरे । 


दुई चरणमा हुने प्रशिक्षणमा महिला र पुरुषगरी ४० जना कुस्तीवाज खेलाडिहरुले प्रशिक्षण गर्नेछन् । महिला र पुरुषको १० वटा तौल समुहमा विभाजन गरी प्रशिक्षण गराइने कुस्तीका मुख्य प्रशिक्षक ब्रम्हदेव प्रसाद यादवले जानकारी दिए । पहिलो चरणको बन्द प्रशिक्षणबाट प्रतिष्पर्धा गराई प्रथम हुने खेलाडिहरुलाई दोश्रो चरणको प्रशिक्षण प्रदान गरिने यादवल बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, नेपाल मुस्लीम संघका कोषाध्यक्ष जब्स मिया अन्सारी, केन्द्रिय सदस्य सानु लामा, हेटौंडा ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल लगाएतको उपस्थिती रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर