मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ कुर्लेमा रहेको कुर्ले सहकारी पसल र मकवानपुरगढी कृषि उपज बिक्री कक्ष हेटौंडा –२ संगमचोक नजिक खुलेको छ । आईतबार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पसलको उद्घाटन गरिएको हो । कुर्ले सहकारी पसल र मकवानपुरगढी कृषि उपज बिक्री कक्षको उद्घाटन गर्दै हुमागाईले सहकारीले गाउँमा उत्पादन भएका कृषिजन्य बस्तुहरुलाई बिक्री बितरणमा जोड दिनुपर्ने बताए ।

सहकारीमा मकवानपुरगढीको विभिन्न गाउँमा उत्पादन भएका विभिन्न फलफूलहरु,गोलभेडा,तरकारि,गाउँको शुद्ध दुग्ध,फापरको पिठो,चामलको पिठो,शुद्ध मह,सिमि,सेतोसिमि तथा अन्य गेडागुडी,आलस,भाँगो,ब्राउन राईस,पानी घट्टामा पिँधेको लोकल मकैको पिठो,कोदोको पिठो,गाउँमा तोरी पेलि निकालिएको शुद्ध तोरीको तेल,सिलाम,जिम्बु,गाउँको हाईब्रेड धानको चामल लगाएतको खाद्य तथा तरकारी पाईन्छ ।