
स्थानीय तहको निर्वाचन अन्तरगत चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्। निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन्।
रेनुले ४६ हजार २५५ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३५ हजार २४५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाएका छन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




