Menu

राष्ट्रपतिले दशैंको टीका लगाइदिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफूबाट दशैंको टीका लगाउन चाहनेलाई टीका लगाइदिने भएकी छन्। राष्ट्रपतिले दशैंको टीकाको दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २:३० देखि ३:३० सम्म अन्य व्यक्तिलाई टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ। टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad