Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लकडाउबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक आज ५ बजे बस्दै

Company Register

काठमाण्डौ – दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । बैठक बेलुका ५ बजेका लागि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।

आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने छ। लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो ।

Advertisement

तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा छलफल पछि निर्णय हुनेछ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्न सकिने सुझाव दिएको छ।

पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोलि सकिंदैछ । यस्तै उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तराष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- radionrn
Website Designe 1024×117
Loading...