
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ बाट हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बिच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई सपथग्रहण गराएका छन् । त्यसैगरी मेयर लामाले उपमेयर राजेश बानियाँ, १९ वटै वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।
सपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै मेयर लामाले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गरिन् । चुनाबमा पराजित भएकाहरुले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्दै उनले भनिन् हामीले प्राविधिक रुपमा जितेका हौं । प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर संगै काम गछौं ।’ नगरको विकासका लागि सबै एक भएर काम गर्ने उनले बताईन् ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






